नियम २४
पुन मतदानको लागि मिति र समय तोक्ने

(१) निर्वाचन अधिकृतले ऐनको दफा ३९, ४० वा ४१ बमोजिम मतदान रद्द वा स्थगित भएको मतदान केन्द्रमा पुन मतदानको लागि यथाशीघ्र अर्को मिति र समय तोकी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुन मतदानको लागि मिति र समय तोकिएको सूचना अनुसूची–१६ बमोजिम सम्बन्धित मतदान केन्द्र रहेको स्थानमा यथाशीघ्र प्रकाशन गर्नु पर्नेछ ।